धार्केमा स्थानीयले ट्रकबाट खोसे रासायनिक मल

धादिङ,०४ असार ।
धादिङको धुनिबेशी नगरपालिका वडा नं ६ धार्केमा स्थानीयले ट्रकबाट रासायनिक मल खोसेका छन् ।

भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा राजमार्गबाटै स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

मल काठमाण्डौतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका हुन् ।

सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसानले हैरान खेप्दै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्