धादिङमा तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु

धादिङ,०६ असार ।

धादिङमा तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु भएको छ । डिभिजन वन कार्यालय, धादिङको रु ५ लाख सहयोगमा गजुरी गाउपालिका वडा न ५ मा रहेको चिरायु आयुर्वेद कम्पनी प्रा.ली.ले तेल उत्पादन कार्य सुरु गरेको हो ।

कम्पनीले समुदायमा रहेका ब्यक्ती र बिद्यार्थीहरुबाट समुदाय मै रहेको उत्पादनलाई संकलन गरि सुकाएर प्रतिकेजी तितेपाती रु १० र गाईतिहारेको रु १५ का दरले खरिद गरि संकलन समेत गर्ने भएको छ ।

No description available.
हाल उक्त कम्पनी १५ लाखको लागतमा सुरु गरिएको हो । नेपालको भोजपुर, खोटाङ, सिन्धुपाल्चोक, पाल्पामा यस किसिमको उद्योग संचालनमा रहेका छन् । तितेपातीको ६ प्रजाती रहेपनि जापनिज तितेपाती बढि उपयुक्त हुने जानकारहरु बताउछन् ।

धादिङमा उत्पादित तितेपाती र गाईतिहारेको तेल नेपाल, जापान, बेलायत,क्यानडा र अमेरिकामा समेत बिक्री गर्न सकिने कम्पनीका संचालक नारायण प्रसाद अर्यालले बताएका छन् ।

यस्तो छ तितेपातीका फाईदाहरु

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्