बहराइनलाई हराए नेपाल सेमिफाइनलमा

काठमाडौं, ६ असार 
एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । 

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ । 

लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ । 

यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्