सुनको मूल्य २०० रुपैयाँले वृद्धि

काठमाडौं, ६ असार । 

सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।   आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्