जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय कार्यान्वयनमा सर्वोच्चद्वारा रोक

काठमाडौँ, ०६ असार ।

जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालका लागि जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयनमासर्वोच्च अदालतले रोक लगाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेसम्म पनि जग्गाको वर्गीकरण भई नसकेको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारलाई लिखित जवाफ पेस गर्न आदेशसमेत दिएको छ ।

बैँक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुन कृषि वा गैरकृषि कुन जग्गा हो भनी वर्गीकरण गर्नुपर्ने भनी भूमि व्यवस्था मन्त्रालयले निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्