अन्तराष्ट्रिय योग दिवसको अवसरमा धादिङमा बिबिध कार्यक्रम(भिडियो सहित)

धादिङ,०७ असार ।
आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस,धादिङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईको छ । २१ जुनमा विश्वभर मनाउने योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले आज धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सहित योग तालिम सुरु गरेको छ ।

स्वास्थ्य केन्द्रको आफ्नै सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न योगको जरुरी रहेको बताउनुभयो।
प्रमुख जिल्ला अिधकारी 


त्यसैगरी कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डा.सुइरा जोशीले योगले मानिसलाई असल मान्छे बन्न प्रेरित गर्ने भएकोले स्वस्थ रहन धादिङबासी सवैलाई योग गर्न आह्वान गर्नु भएको छ।
शूईरा जोसी

कार्यक्रममा जोरपाटी काठमाण्डौ देखि आउनुभएका योग गुरु सिर्जना रानाले अव्यबस्थित जीवन शैली र अप्राकृतिक खानपान, बढ्दो उमेर संगै बढ्दै गएको नसर्ने रोगहरु रोकथामको लागी योगको महत्व रहेको भन्दै योगमा आफु सर्मपित भएर लाग्न र सहभागी हुन सम्पुर्णमा आग्रह गर्नभयो ।
योग गुरु सिर्जना राना

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्