मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न

धादिङ,०८ असार
धादिङको नीलकण्ठ नगरपालिमा एक दिने मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनको लागि नीलकण्ठ नगरपालिकामा युएसआईडी तयार नेपालको आर्थिक सहयोगमा विपद जोखिम व्यवस्थपान परियोजना सन्चालनमा रहेको छ ।विगत दुई बर्षदेखी विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नीलकण्ठ नगरपालिकामा विविध कार्यक्रम सन्चालन गर्दै आईरहको परियोजना संयोजक सुधा रिमालले जानकारी दिनुभयो ।

निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको लागि बुधबार आयोजना गरीएको कार्यशाला गोष्ठीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यको लागि गर्न सकिने कार्य र जोखिम न्युनीकरण गर्नको लागि अपनाईने प्रक्रियाहरुको विषयमा छलफल भएको थियो ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यको लागि नीलकण्ठ नगरपालिकाले समग्र व्यावस्थापन क्षेत्र, सूचना खोज तथा उद्धार क्षेत्र, खाद्य तथा पोषण क्षेत्र, खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धन क्षेत्र, आपतकालिन आश्रय तथा गैर खाद्य सामाग्री क्षेत्र, संरक्षण तथा सुरक्षा क्षेत्र, आपतकालिन शिक्षा क्षेत्र र पूर्नलाभ क्षेत्रको व्यवस्थापनको लागि समितिहरु समेत गठन गरी सकिएको विपद् फोकस पर्सन विष्णु रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा फिल्ड टिम डाईरेक्टर विनोद कुमार बरईले तयार नेपालले गरेको कार्यहरु, नीलकण्ठ नगरपालिकामा अहिले सम्म गरेको कार्य तथा आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । विपद फोकल प्रसन तथा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले सन्चालन गर्नुभएको कार्यक्रममा विपद जोखिम न्युनीकरणको लागि कार्यदल समेत गठन गरीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्