गल्छी गाउँपालिकाको बजेट ८४ करोड ९२ लाख २७ हजार

धादिङ,०९ असार ।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँसभाले प्रशासनिक खर्चका लागि रु. १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने शिक्षा,स्वस्थ्य ,कृषि ,पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरुका लागि रु. २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।

यसैगरी विशेष र समपुरक योजना तथा कार्यक्रमका लागि रु. १२ करोड ८० लाख, विषयगत योजना तथा कार्यक्रमका लागि रु. ११ करोड ४४ लाख ३१ हजार र वडा स्तरिय योजना तथा कार्यक्रमका लागि रु. ६ करोड बजेट विनियोजन गरिएको छ। गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्