एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही 

काठमाडौं, १० असार । 

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 

फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्