धितोपत्र बोर्ड र लगानीकर्ता तिलक कोइरालाबीच सहमति  

काठमाडौं, १० असार। 

पुँजी बजार विकास तथा सुधारको माग राख्दै १ असारदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा  सहमति भएको छ । सहमति भएसँगै शुक्रबार कोइरालाले आमरण अनसन पनि अन्त्य गरेका छन् । 

बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसन अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विघटन भएको बताएका छन् । 

सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।

बोर्डले लगानीकर्ताको मागहरू सम्बोधन गर्नेगरी कार्यान्वयन समिति गठन गर्ने सहमति जनाएसँगै कोइरालाले आमरण अनसन अन्त्य गरेका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्