चितवनमा आजबाट राष्ट्रिय स्तरको किक बक्सिङ्ग शुरु

चितवन । चितवनमा आज शनिबारदेखी राष्ट्रिय स्तरको मुवाँ थाई किक बक्सिङ्ग प्रतियोगिता शुरु हुँदैछ।

चितवन मुवाँथाई संघको आयोजनामा नारायणी नदी किनारमा प्रतियोगिता हुने भएको हो ।

मुवाँथाई संघ चितवनका अध्यक्ष उत्तम गुरुङ्गले अरु खेल जस्तै मुवाँथाई किक बक्सिङ्लाई पनि व्यवसायिक रुपमा स्थापित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

६ खेल समावेश हुने खेलमा १२ जना राष्ट्रिय खेलाडीको सहभाता रहने आयोजकले जनाएको छ।जसमा पाँच टीम पुरुषको र एक महिलाको रहनेछ । खेल २ गतेसम्म हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजारका व्यवस्था गरिएको आयोजकले जनाएको छ यसको साथै प्रतियोगितामा सहभागिलाई पनि नगद १० हजारको पुरस्कारको व्यवस्था रहेको अध्यक्ष गुरुङ्गले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्