२६ औं जनयुद्ध दिवसको अवसरमा १०६ जना द्धारा रक्तदान

धादिङ । २६ औँ जनयुद्ध दिवसको अवसरमा सदरमुकाम धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नीलकण्ठ–३ धादिङबेशी स्थित जिल्ला अस्पतालको प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरि कुल १०६ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला संगठन कमिटि धादिङको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा आज बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्