सिद्धलेक गाउँपालिकाको गाउँसभा सम्पन्न, ५४ करोड १ लाखको बजेट विनियोजन (नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ सहित)

धादिङ,१० असार ।
धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५४ करोड १ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यस वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ७.६ प्रतिशतले बढि रहेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्तुत गर्नु भएको थियो ।

निति तथा कार्यक्रममा सिद्धलेकको अविभारा एक घर एक धारा भन्ने नारालाई सार्थकता दिने, १५ शैयाको अस्पताल संचालनको लागि प्रक्रिया अघि बढाइने, उत्पादनमा वृद्धि सिद्धलेको विकास समृद्धि भन्ने नारा सहित कृषिलाइ आधुनिककरण, व्यावसायिकरण र विविधिकरण गरी कृषिमा आत्मनिभएर बनाउने, उज्यालो सिद्धलेक अभियानलाई सार्थकता दिने, मासिक २० युनिटसम्म खपत गर्ने सिद्धलेकभित्रका नागरिकको विद्युत महशुल पालिकाले व्यहोर्ने, सिद्धलेकको धर्म संस्कृति इतिहास, विकास र पर्यटनका वस्तुता र सम्भावनाहरुलाई दस्तावेजिकरण गर्न कार्यारम्भ गरिने, गाउँपालिको कृषि, पर्यटन, शिक्षा, कला भाषा, साहित्य शिक्षा र सन्चारको अवस्था बारे बहस र रणनिति बनाउने लगायतका विषय समेटिएको थियो।

गाउँसभाले संघीय सरकार वित्तीय समानीकरण तर्र्फ १४ करोड ५९ लाख, संघीय सरकार सर्शत अनुदान तर्फ २० करोड १८ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ ८० लाख, संघीय सरकार राजश्व बाँडफाडबाट प्राप्त राजश्व ८ करोड ७४ लाख ७० हजार, बागमती प्रदेश सरकार वित्तीय समानीकरण तर्फ १ करोड ४२ लाख ४२ हजार, बागमती प्रदेश सरकार राजश्व बाँडफाड १ करोड ५८ लाख ३८ हजार, बागमती प्रदेश सर्शत अनुदान तर्फ २ करोड ४४ लाख १४ हजार, बागमती प्रदेश समपुरक अनुदान तर्फ २ करोड बजटे विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको लागि आर्थिक विकास तर्फ ४५.१९ प्रतिशत, पूर्वाधार विकास तर्फ ६२.२९ प्रतिशत ,सामाजिक विकास तर्फ ६१.६४ प्रतिशत ,सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र तर्फ ५.४९ प्रतिशत , कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ ५९.९५ प्रतिशत बजेट रहेको छ।

नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ

niti

budjet

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्