थाक्रे गाउँपालिकाको बजेट ९२ करोड २८ लाख ११ हजार

धादिङ,१० असार ।
धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँँसभाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।

गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।

गाउँसभाले आर्थिक विकास तर्फ रु. ८ करोड १९ लाख ४० हजार,सामाजिक विकास तर्फ रु. ३२ करोड २९ लाख ६० हजार, पृर्वाधार विकास तर्फ रु. ३९ करोड ३६ लाख १६ हजार ,कार्यालय तथा प्रशासनिक तर्फ रु. ९ करोड ५० लाख बजेट र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजारको बजेट विनियोजन गरेको छ ।

११ औं गाउँसभामा गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष इन्द्र बहादुर थापाले बजेट प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्