३ हजार ३५८ नमूना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि

धादिङ,१३ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ३५८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । २ हजार ३३७ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६ जना र १ हजार २१ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर हाल २०८ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्