गल्छीको चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाईते

धादिङ, १७ असार ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । काठमाण्डौबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको हो ।

घाईते ७ जनालाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बस सडकमा पल्टेर दुर्घटना भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्