आज पनि घट्यो सुनचाँदीको मूल्य 

काठमाडौ,१७ असार ।

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदी पनि प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्