धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

धादिङ,१७ असार ।

धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार नुवाकोटको तारुकाघाट देखि जरे सबस्टेशनतर्फ आएको ३३ क.भी प्रशारण लाइनको गल्छी गाउँपालिका वडा नं ६ बैरेनी महेश दोभानमा अविरल वर्षाको कारणले पोलमा क्षति भएको हुँदा अत्यावश्यक मर्मत सुधार गर्ने भएकोले बिहान १० बजे देखि दिउसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

जिल्लाको गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७  तथा गोरखाको गण्डकी गाउँपालिका लगायतका आसपासका स्थानहरुमा विद्युत आपुर्ति बन्द हुने सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्