देशभर थपिए ४४ जना नयाँ सङ्क्रमित, १६ जना स्वस्थ

धादिङ,१८ असार ।
देशभर थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ६७ कोरोना परीक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार २ सय १ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३३ जना र १ हजार २ सय ६६ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार ७ सय ६२ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १६ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमण पछि निको ९ लाख ६७ हजार ४ सय ९६ जना स्वस्थ भएका छन् भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर ८७ हजार २ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय १४ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्