फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु

काठमाडौ, १९ असार।

आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ ।

उनले फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको किरणले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्