नीलकण्ठ–९ तिनघरे ट्याक्टर दुर्घटना अपडेट : ४ जना घाईते (घाईतको विवरणसहित)

धादिङ,२० असार ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ तिनघरे स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

ज्यामीरे सल्लाघारीबाट सल्यान्टार तर्फ जादै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर आज दिउसो करिब २ : ३० बजे अन्यन्त्रित भइ सडकमा पल्टदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।

घाईते हुनेहरुमा बेनिघाट रोराङ गाउँपालिका १० बस्ने ३० वर्षीय हर्क विक, सोही ठाउँका ३९ वर्षीय शोम बहादुर चेपाङ, चितवन रत्ननगर नगरपालिका १ बस्ने २० वर्षीय सरोज थापा मगर, र शोलुखुम्बु नेचसल्यान २ बस्ने २० वर्षीय आशिस भुजेल रहेका छन् ।

घाईतेहरु मध्ये बेनिघाट रोराङका बिकको अवस्था गम्भिर र अन्य तिन जनाको अवस्था सामान्य रहेको प्रवक्ता तथा डिएसपी भण्डारीले बताउनुभयो । घाईते सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्