बढ्दै कोरोना संक्रमण : आज थप ९० जनामा संक्रमण पुष्टि

धादिङ,२१ असार ।
देशभर थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ११२ कोरोना परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ९४४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ७३ जना र १ हजार १६८ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार ९०८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५ सय ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमण पछि ९ लाख ६७ हजार ५५५ जना स्वस्थ भएका छन् भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्