धुनिबेसी नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न

धुनिबेसी,२२ असार।
धुनिबेसी नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएकोे हो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले धुनिबेसीमा बालमैत्री न्युनतम सुचक,बालक्लब गठन, भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकारका ४ पक्षहरुको बालबालिकाहरु शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकास तथा शैक्षिक उपलब्धि केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नगरपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संस्थागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा धुनिबेसी नगरपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै नगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने अभियानमा रहेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।

धुनिबेसी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सुरज उप्रेती,वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, बिभिन्न शाखाका कर्मचारी तथा बालक्लबका प्रतिनिधि ,स्वास्थ्य संस्थाका प्रतिनिधि,शिक्षक,महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ४५ जनाको सहभागीता रहेको थियो ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै धुनिबेसी नगरपालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा घिमिरेले बताउनुभयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किलाहरु, ३६ वटा सेवाप्रवाह र १५ वटा संस्थागत गरि ५१ वटा सुचकहरु, कार्य प्रक्रिया, सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना,नगर तथा वडा तहमा बालमैत्री स्थानीय शासन समितिको संरचना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

कार्यशाला पछि धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा नगरपालिका तहको बालमैत्री स्थानीय शासन समिति गठन भएको नाौबिसेबाट गोविन्द बिडारीले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्