फेरि घट्यो सुनको मूल्य

काठमाडौं,२३ असार ।

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार एक हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी बिहिबार चाँदी भने प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्