साझा यातायातले सञ्चालनमा ल्यायाे तीनवटा विद्युतीय बस, यी रुटमा गुड्नेछन्

काठमाडौ,२३ असार ।

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले सेवा थालेका हुन् । 

साझा यातायातका अनुसार यी बिजुली बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्नेछ ।  

यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा आउने यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बस अपांगमैत्री छन् । साथै बसमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा पनि जडित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्