अपाङ्गता भएका नीलकण्ठ नगरपालिकाका ३२ जना बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण

धादिङ २४ असार ।
अपाङ्गता भएका नीलकण्ठ नगरपालिका भित्रका ३२ जना बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री वितरण गरीएको छ । धादिङबेसी स्थित विपद् हलमा आज एक कार्यक्रमकाबिच नगर प्रमुख भीम प्रसाद ढुंगानाले शैक्षिक समाग्री वितरण गर्नु भएको हो।

No description available.

लक्जमवर्ग एड र ह्यान्क्यिाप ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्ग कल्याण संघ धादिङद्वारा सन्चालित स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहँुचमा सहजीकरण परियाजना मार्फत १ लाख ८२ हजार १ सय ७९ रुपैँया बराबरको शैक्षिक सामाग्री वितरण गरीएको परियोजना अधिकृत अमिशा धिमालले जानकारी दिनुभयो ।

No description available.

३२ जना बालबालिकाहरुलाई कापी,कलम,कलर,ईलेजर,कटहर,क्याल्कुलेटर,ज्यामीती बक्स गरी १ लाख १६ हजार ८ सय ७३,स्कुल व्याग ३६ हजार ७ सय ४५,विद्यालय पोशाक २३ हजार ९ सय ११ र डाईपर ४ हजार ६ सय ५० रुपैँया गरी कुलक १ लाख ८२ हजार १ सय ७९ रुपैँया बराबरको सामाग्री वितरण गरीएको हो ।

No description available.

अपाङ्ग कल्याण संघ धादिङको अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला,गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम ढुवाडी,राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य गोविन्द खनाल लगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्