नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६७८ पुग्यो

धादिङ,२७ असार ।
नेपालमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको संख्या ६७८ पुगेको हो ।

आज १७ सय नमूनाको पीसीआर र १ हजार ३४५ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४ र १७ गरी जम्मा १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको हो। जसमध्य ७ जना कोरोना सङ्क्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसअवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट संक्रमित भएकाहरुको संख्या हेर्दा संक्रमण दर ६.१२ प्रतिशत पुगेको छ । केही दिनअघिसम्म एक प्रतिशत भन्दा कम रहेको सङ्क्रमण दर पछिल्ला दिनहरुमा निरन्तर उकालो लागेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्