काठमाडौ,२८ असार ।
सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर २३८ भएकोमा आर्थिक वर्ष २०८२÷८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर १८१ प्रतिलाखमा झार्ने लक्ष्य लिइएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसंख्यामा मृत्युदर ५८ रहेकोमा यसलाई आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा २३ मा झार्ने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष २०९१/९२ सम्ममा क्षयरोगको अन्त्य गरी आर्थिक वर्ष २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ। यसैगरी क्षयरोगको कारणले परिवारमा पर्ने आर्थिक व्ययभार शून्यमा झार्ने लक्ष्य लिइएको छ । उक्त रणनीतिमा क्षयरोग कार्यक्रमका लागि संघ, प्रदेश र स्थानीय तहको भूमिका पनि तय गरिएको ।सो रणनीति कार्यान्वयनका लागि केन्द्रमा हाल कार्यरत रहेका २२ जना जनशिक्तबाट थप गरी ५५ जना पु¥याउनुपर्ने समेत उल्लेख रहेको छ ।