एक वर्षभन्दा बढी समय रहेको राहदानी नवीकरण नहुने

काठमाडौ,२८ असार ।
राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ राहदानी नवीकरण नगर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई राहदानीको समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई अनुरोध गरेको छ । विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले नवीकरणका लागि आवेदन सक्ने छन् ।

राहदानीको म्याद ६ महिनाभन्दा बढी भएमा विदेश यात्रा सहजै गर्न सकिने सूचनामा उल्लेख छ । राहदानी ऐन, २०७६ को दफा ९१२० राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल एक वर्ष भएमा वा सो भन्दा बढी रहेमा नयाँ जारी नगर्ने व्यवस्था छ ।

हाल केही एजेन्सीहरूले सेवाग्राहीलाई दुई–तीन वर्ष म्याद भएको राहदानी भएमा मात्र विदेश जान पाइन्छ भनेकाले सेवाग्राहीहरू नयाँ पासपोर्ट बनाउन आउने गरेको भन्दै विभागले एक वर्षभन्दा कम म्याद रहे पनि कुनै शुल्क नलाग्ने र आवश्यक पर्दा मात्र नयाँ बनाउन अनुरोध पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्