सेनिटरी प्याड र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट

काठमाडौँ,३० असार ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेमा सेनिटरी प्याड र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

बजेट वक्तव्यको बुँदा नम्बर ४०३ मा ‘सेनिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट र नेपालमै प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने उल्लेख गरिएको छ ।

यसले नेपाली सेनेटरी प्याड उत्पादन गर्ने उद्योगहरू पनि लाभान्वित भएका छन् । सरकारको उक्त कदम स्वागतयोग्य रहेको तर यो पूर्ण नभएको ‘रातो कर माफ गर’ भन्ने अभियानका अभियान्ताहरुको भनाई छ । सरकारको यो निर्णय आगामी आर्थिक वर्षदेखि लागू हुने भएकाले अहिले नै बजारमा प्याडको मूल्य घटेको छैन ।

तर, आगामी दिनमा पनि यसको मुल्य घट्नेमा भने आसंका रहेको उनिहरूले बताएका छन् । रातो कर अभियानकी अभियन्ता कृष्पी रमन जैसवाल सरकारले महसुल घटाए पनि १३ प्रतिशत भ्याट नघटेकाले आफूहरूको माग पूरा नभएको बताउनुभयो ।

महिलाको स्वास्थ्यको संवेदनशीलतासँग जोडिएको वस्तु भएकाले सरकारले प्याडमा विलासी वस्तुमा जस्तो कर लगाउनु नहुने उनिहरूको तर्क रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्