नीलकण्ठको लोगो निर्माण र नगर गाना रचना गरी पेश गर्ने समय अब ४ दिन बाँकि

धादिङ,३१ असार ।
धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नै लोगो र नगर गाना बनाउने भएको छ । लोगो र नगर गाना रचना गरी पेश गर्नको लागि ईच्छुक व्यक्ती,संस्था,डिजाईनर,कलाकार,रचनाकारहरुलाई नगरपालिकाले आग्रह गरेको छ ।

असार ५ गते नगर कार्यपालिकाको बैठकले लोगो र नगर गाना बनाउने निर्णय गरे अनुसार नगरपालिकामा पेश गर्ने समय अब ४ दिन बाँकि रहेको छ ।नगरपालिकाको ऐतिहासिक,भौगोलिक,प्राकृतिक,सांस्कृतिक तथा विशिष्ट मौलिक विशेषता झल्कने लोगो निर्माण को साथै नीलकण्ठ नगर पालिकाको पहिचान झल्कने नगर गाना बनाउन लागिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिनुभयोे ।

त्यसको लागि जिल्लाबासी तथा जिल्ला बाहिरबाट पनि लोगो र रचना पेश गर्न सकिने छ ।नीलकण्ठ नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्यायको अनुसार अहिले सम्म २/३ वटा लोगो र रचना गाना नगरपालिकामा पेश भएको छ ।

लोगो र राष्ट्रिय गानाको लागि अझै धेरै पेश होस भन्ने हामिले अपेक्षा गरेका छौँ उपाध्यायले भन्नुभयो,“धेरै बाट थोरै छान्न पाए उत्कृष्ट हुन्छ, व्यक्ती,संस्था,डिजाईनर,कलाकार र रचनाकारहरुलाई हामि आग्रह गर्छौँ,अब ४ दिन बाँकि छ पेश गर्नुहोला ।”

नगरको पहिचान सँगै नगरबासीमा जोस,जाँगर र उत्साह भर्ने खालको बढीमा ५० शब्द सम्मको नगर गाना हुनुपर्ने नगरपालिकाले जानकारी दिएको छ । छनौट भएका लोगो डिजाईनर र नगर गाना रचनाकारलाई जनही २०/२० हजार र कदर पत्रबाट पुरस्कृत गरीने शाखा अधिकृत उपाध्यायले बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्