हेर्नुहोस आगामी तीन दिनकाे माैसम

काठमाडौँ ,३२ असार।

 देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ असार ३२ गते (शनिबार)
दिउँसो:  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 २०७९ साउन १ गते (आइतबार)
दिउँसो:  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, मधेश प्रदेश, र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 २०७९ साउन २ गते (सोमबार)
दिउँसो:  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र  बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्