अब डाक्टर पढ्न ४५ लाख, नर्सिङलाई १० लाख शुल्क निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । 

उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढ्न ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ । उता, नर्सिङ पढ्नका लागि १० लाख निर्धारण गरेको  आयोगले जनाएको छ ।

scan_doc.-1-.pdf

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्