सिपी कलेजको विशेष अभिभावक भेला : शिक्षा सुधारको लागि अभिभावकसँग सुझाव संकलन

धादिङ,०२ श्रावण।
चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर कायम गर्ने उद्धेश्यले अभिभावकसँग सुझाव संकलन गरेको छ ।

सोमबार विद्यालयको सभाहलमा बसेको विशेष अभिभावक भेलाले विद्यालययको शैक्षिक गुणस्तर अभिबृद्धी गर्नको लागि विभिन्न पक्षमा छलफल गरेको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलामा विद्यालयका शैक्षिक निर्देशक तथा नीलकण्ठ क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन र बालबालिकाहरुको मनोभावना अनुसार कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा अभिभावकहरुले सुझाव दिनुभएको छ । विद्यालयको शैक्षिकपक्ष, प्रशासनिक पक्ष, लेखा, अतिरिक्त पक्ष र विविध पक्षहरुमा अभिभावकहरुले आ–आफ्नो राय पेश गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले विद्यालयले हाल सम्म गरेको गतिविधिहरु र आगामी योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

वि.स.२०५३ सालमा १० जना शिक्षक र १ सय ४७ जना विद्यार्थीहरुबाट सुरु गरीएको विद्यालयमा हाल १ हजार ७५ विद्यार्थी र ७९ जना शिक्षकहरु कार्यरत रहनुभएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षा प्रवाह गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच निकटम सम्बन्ध हुनुपर्ने भन्दै प्रिन्सिपल श्रेष्ठले अभिभावकहरुको सल्लाह र सुझाव अनुसारनै आफुहरु अघि बढ्ने बताउनुभयो । विद्यालयमा बालबालिकाहरुको मनो भावना बुझ्न र उनीहरुमा आउने व्यवहारीक तथा मनोबैज्ञानिक समस्याहरुलाई कम गर्नको लागि मनोपरामर्श कार्यक्रम सन्चालन गरीरहेको समेत बताउनुभयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा शैक्षिक निर्देशक नवराज शर्माले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विश्व बजारमा गएर प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्धेश्य रहेको बताउनुभयो ।

प्रविधिको उच्चतम प्रयोग गरेर बालबालिकाहरुको भावना अनुसारनै पठन पाठन गराउनको लागि आफुहरुले विभिन्न तरिकाबाट सोचिरहेको समेत बताउनुभयो । यसैगरी कार्यक्रममा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष विनोद मान श्रेष्ठले अभिभावकहरुको साथ र सहयोगकै कारणले चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालय यो स्थान सम्म आएको बताउनुभयो ।

सामाजिक काम गर्ने उद्धेश्यले केहि साथिभाई मिलेर विद्यालय सन्चालन गरेको स्मरण गर्दै श्रेष्ठले यस विद्यालयलाई नमुना बनाउनको लागि अब तपाई हामि लाग्नु पर्ने बताउनुभयो ।विद्यालयमा यसबर्ष बाट होटल म्यानेजमेन्ट विषय अध्यापन गराउन लागिएको भन्दै उहाँले शिक्षामा केहि नयाँ गर्न सकिन्छनै भनेर विद्यालय टिम लागिरहेको समेत बताउनुभयो।

कार्यक्रममा अभिभावकहरुले शिक्षण विधी, व्यवहारिक शिक्षा र नैतिक शिक्षामा जोड, अतिरिक्त क्रियाकलाप सन्चालन र व्यावस्थापकीय कुराहरुमा सुधार गर्नको लागि आग्रह गर्नुभएको थियो। कार्यक्रममा विद्यालय संयोजक शशी अर्याल, माध्यविक विद्यालय ईन्चार्ज दिपक रेग्मी, प्रि प्राईमरी ईन्चार्ज अनिता शाक्य लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयको प्रि प्राईमरी भवन, प्राईमरी भवन,मावि कलेज भवन,कम्प्युटर ल्याव, साईन्स ल्याब, आईसिटी र विद्यालय बस सन्चालनमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्