मनमैजुबाट धादिङका अजय तामाङ सहित नौ जुवाडे पक्राउ

धादिङ,०४ साउन।
काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट नौ जना जुवाडे पक्राउ परेका छन् ।

धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो।

जुवातास खेलिरहेको अवस्थामा धादिङका अजय तामाङसहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्