अबदेखी विदेश जाँदा २ सय अमेरिकी डलर मात्रै साट्न पाइने

काठमाण्डौ,०४ साउन।
अबदेखी विदेश जाँदा आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा नपाईने भएको छ।

बुधबार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्