सडकमा ढुङ्गा खसेपछी नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन

काठमाण्डौ,०५ साउन।
नागढुङ्गा–नौबिसे सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ ।एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्