थप ३३५ जनामा कोरोना संक्रमण:दुई हजार ९७१ जना सक्रिय संक्रमित

धादिङ,०७ साउन।
पछिल्लो २४ घण्टामा देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजार ८८ जनाको पिसिआर र एक हजार ९०८ जनाको एन्टिजेन विधि गरी जम्मा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएकोमा ३३५ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआरबाट दुई सय १६ र एन्टिजेनबाट एक सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।यस्तै ८६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। देशभर हाल दुई हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्