कुमारी बैँक धादिङद्धारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई दश लाख हस्तान्तरण

धादिङ,०८ साउन।
कुमारी बैँक लिमिटेड धादिङबेशीले दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मृत्यु दावी भुक्तानी बापत दश लाख प्रदान गरेको छ । गत जेठ ३१ गते धादिङबाट काठमाडौँ जानेक्रममा धुनीवेशी नगरपालिका वडा नं ९ स्थित सुरुङमार्ग नजिकै मोटरसाईकल दर्घटनामा परी ज्यान गुमाएका नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी यम बहादुर मगरको परिवारलाई बैँकको धादिङबेशी शाखाले रु १० लाख हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच बैँकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतक मगरकीे श्रीमती कमला मगर र मृतकका दाइ बल बहादुर मगरलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

परिवार सुरक्षा वचत खाता मार्फत गरिएको उक्त बीमाले मगरका परिवारलाई राहत मिलेको छ । उतm कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठ, सांकोष माध्यमिक विद्यालयका शिक्षक नविन श्रेष्ठ र बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्