कोरोना सङ्क्रमणका कारण आज दुईको मृत्यु,थप ३४७ जनामा सङ्क्रमण

धादिङ,०८ साउन।
पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ९५ जना सङ्क्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको सङ्ख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । यस्तै आज२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ३ हजार १७७ जना सक्रिय सङ्क्रमित छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्