कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन,नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

धादिङ,११ साउन।
कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन भईरहेको छ । नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भईरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसन विरुद्ध प्रदर्शन गर्नुका साथै मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आजजारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ । साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्