बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु

काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् ।  उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो। 

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए । 

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्