प्रतितोला आठ सय रुपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो। बिहीबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ नै बढेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्