२४ घण्टामा थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ स्वाब परीक्षण गर्दा ४३८ जनामा कोरोना पुष्टि भएको हो । आज एक हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जनामा र एक हजार ९२० जनाको एन्टिजन परीक्षण गर्दा १४६ जनामा कोरोना देखिएको हो ।

यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको छ।

कोरोनाबाट २७७ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्