थोपल,अरुण र आँसी खोलासहित सरकारी तथा सार्वजनिक जग्गाको रेखांकन गरिने, घर टहरा निर्माणमा कडाई

धादिङ, १४ साउन ।
सरकारी तथा सार्वजनिक जग्गा मिचेर घर टहरा निर्माण गरे कानुनी अनुसार कारबाही गर्ने नगरपालिकाले निर्णय गरेको छ ।धादिङबेसी बजारक्षेत्र र बजार क्षेत्रमा पर्ने थोपल खोला,अरुण खोला र आँसी खोलाको सिमा तथा आसपासका सरकारी तथा सार्वजनिक जग्गाको क्षेत्रफलको रेखांकन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा बसेको आजको बैठकले बिपद् व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरेको हो। बैठकले नेपाल राजपत्र भाग ३ को भु उपयोग नियमावली,२०६९ को अनुसुची १(६) अनुसार बर्गिकरणमा टेवा पुग्ने हुँदा सो कार्य गर्न नापी कार्यालय धादिलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।त्यसको लागि आवश्यक खर्च नीलकण्ठ नगरपालिकालाई बिनियोजन गर्न सिफारीस गर्ने निर्णय भएको छ ।

खोला आसपासको तोकिएको सेडव्याक र सरकारी सार्वजनिक क्षेत्रमा अनाधिकृत घर टहह निर्माणमा कडाईका साथ प्रतिबन्ध लगाईने भएको छ। सरकारी तथा सार्वजनिक जग्गा मिचेर कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४१ को उपदफा (१) र(२) बमोजिम भत्काउने खर्च समेत सम्बन्धीत निर्माण कर्ताबाट असुल उपर गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बैठकले निर्णय गरेको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्