आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौँ,१५ साउन ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ कायम थियाे ।

तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्