एकै परिवारका ४ जना मृत अवस्थामा फेला

काठमाडौ,१६ साउन।

काठमाडौंमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन्। 

तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत अवस्थामा फेला परेका हुन् । पाण्डे, उनकी श्रीमतीसहित छोरी र छोरा मृत फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्