‘कमेडी हब’ को प्रसारण रोक्न माग

काठमाडौ,१६ साउन।

केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशित टेलिभिजन शो ‘कमेडी हब’ विवादमा तानिएको छ । गायक संजय श्रेष्ठले ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै श्रृङ्खला बन्द गर्न माग गरेका हुन् । 

१० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक गरेपछि गायक श्रेष्ठले धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गर्नुपर्ने र गल्ती गर्नेहरुलाई सजाय दिनुपर्ने माग राखेका हुन् । 

‘हामी हिन्दु धर्म मान्ने करोडौं नेपालीहरुको आस्था भगवान शिवलाई मजाकको पात्र बनाएर ‘कमेडी हब’ नाममा उच्छृङ्खलता पस्किने यस्तो नाजायज हिम्मत कसरी गरिन्छ र गरिएको छ ? हिम्मत छ कुनै अरु धर्म र उनीहरुको देव देवीहरूलाई यसरी मजाकको पात्र बनाउने ?’ उनले सामाजिक सञ्जलमा भनेका छन्, ‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान् शिवलाई मजाकको पात्र बनाइएको यो कमेडीको शृंखला प्रसारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस् ।

अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौं । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो । सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गरोस् र गल्ती गर्नेहरुलाई सजाय देओस् ।’ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्