बिद्यालयमा साईबर क्राईम सम्बन्धी जनचेतना फैलाउदै धादिङ प्रहरी

धादिङ,१७ साउन ।
जिल्ला प्रहरी कार्यलय धादिङले साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

समाजमा हुने साईबर क्राईम न्युनीकरण गर्नको लागि मंगलबार धादिङको नीलकण्ठ–३ स्थित धादिङबेशीमा रहेको सुनगाभा बोर्डिङ स्कुल धादिङका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङका ईनिस्पेक्टर रन्जन अवाले साईबर क्राईम भनेको के हो ?साईबर क्राईम गर्दा हुने कानुनी सजाय,यसबाट बच्ने उपाय,वर्तमान अवस्था लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । अहिले समाजमा साईबर अपराधका घट्नाहरु बढ्न थालेका छन्। प्रविधिको विकास भएसँगै यस भित्र विभिन्न अपराधहरु हुन थालेको छ।

साईबर क्राईम अन्तरगत वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग तथा जालसाजी गर्ने गरेको पाईन्छ । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका अपराधका घट्नाहरु बढीरहेको छ ।

सबैभन्दा बढी जोखिममा हुने युवायुवतीको लागि सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको ईनिस्पेक्टर अवाले जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय स्तरमा गएर कार्यक्रम सन्चालन भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्