भैरवी मन्दिरलाई सहयोग जुट्ने क्रम जारी


भिमसेन श्रेष्ठ
धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा न ६ सुनौलाबजारमा रहेको भैरवी मन्दिरको संरक्षण तथा पुननिर्माणको लागी सहयोग जुट्ने क्रम जारी रहेको छ ।
हिजो चैत्र १५ गते भैरवी मन्दिरलाई झ्याल र ढोका सहयोग प्राप्त भएको छ । नीलकण्ठ नगरपालिका वडा न ८ बस्ने गणेशकुण्ड फर्निचरका प्रोपाईटर गणेश कुमार श्रेष्ठले दक्षिणी तर्फको ढोका सङै चार लाख पचास हजार बराबरको ढोका र पुर्ब पट्टिको झ्याल दुई लाख पचास हजार बराबरको झ्याल सहयोग र नीलकण्ठ नगरपालिका वडा न ५ स्थायी घर भई हाल काठमाण्डौ बसोबास गर्ने देवराज बज्राचार्यले पश्चिम तर्फ रहेको चार लाख पचास हजारको बराबरको ढोका सहयोग गर्नुभएको हो । बज्राचार्यले भैरबी मन्दिर दर्शन गर्ने क्रममा सहयोग गरेका हुन । त्यसैगरी पिक्निक आउने क्रममा धादिङ जिल्ला बुढाथुम निवासी त्रिपूरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यम ब श्रेष्ठ बाट पच्चिस हजार नगद सहयोग प्राप्त भएको छ ।
यहि चैत्र ११ गते भैरवी देबिको ढोकाको आँखा खोलिएको छ भने १५ गते झ्याल ढोका राखिएको छ भैरवी मन्दिर संरक्षण तथा पर्यटन बिकास समितिका सचिब कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्